Dhulikhel Eco Banner new

महासंघबाट किन बाहिरियो इप्पान ? उपाध्यक्ष भन्छन्- ३ वर्ष अघि नै चर्चा थियो

5.23K
shares

काठमाडौं, ९ फागुन । नेपाल उद्योग वाणिज्य महासंघबाट स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) बाहिरिएको छ । महासंघमा वस्तुगत सदस्यका रुपमा रहेको इप्पान आफूहरुको सम्मानजनक भूमिका महासंघमा नरहेको भन्दै बाहिरिएको हो ।

इप्पान निकै वलियो र निजी क्षेत्र (खासगरी उर्जा क्षेत्रको) विकासका लागि निकै राम्रो काम गर्दै आएको संस्था हो । यसका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईं महासंघको केन्द्रीय सदस्य समेत भइसकेका छन् । इप्पान जस्तो संस्था बाहिरिनु दुखद भएको वस्तुगत संघका अध्यक्षहरु बताउछन् ।

३ वर्ष अघि नै चर्चा थियाे ?

उपाध्यक्ष ढकालले इप्पान बाहिरिने चर्चा सुनेको बताए । उनले आधिकारिक रुपमा भने आफूलाई जानकारी नआइसकेको दावी गरे । ‘म हुँदामात्रै बाहिरिने कुरा आएको होइन, ३ वर्ष अघि पनि यस्तो कुरा आएको थियो’ केटिएम भ्वाइससँग उनले भने ।

उर्जा क्षेत्रको अर्को संस्थालाई सदस्यता दिनका लागि केही व्यक्तिले हल्ला गरेको  हुनसक्ने उनले बताएका छन् ।

इप्पानले नै महासंघबाट बाहिरएको पुष्टि गरेको छ । इप्पानका उपमहासचिव प्रकाश दुलालले आफूहरु महासंघबाट बाहिरएको बताए ।