Dhulikhel Eco Banner new

हरिहरदेवले स्थापना गरेको निर्धन लघुवित्तको हरिविजोग !

8.13K
shares

काठमाडौं, ९ फागुन । नेपालमा लघुवित्तका पिता भनेर परिचित व्यक्ति हुन्, हरिहरदेव पन्त । नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गभर्नर समेत रहेका हरिहरदेव पन्तको नामप्रति नै लघुवित्तकर्मीहरुले निकै ठूलो सम्मान देखाउछन् ।

नेपालमा लघुवित्तका माध्यमबाट विपन्न वर्गको आर्थिक उत्थानमा हरिहरदेव पन्तको भूमिका निकै महत्वपूर्ण छ । केही वर्ष पहिले नेपालकै चर्चित अनलाइन पत्रिका अनलाइनखबरले ‘निर्धनका हरिहर’ भनेर स्व.हरिहर पन्त र निर्धन लघुवित्तको बारेमा लेखेको थियो ।

तिनै हरिहरले स्थापना गरेको निर्धन लघुवित्तको भने अहिले हरिविजोग नै देखिएको छ । लगानी गरेको ऋण संस्थाले उठाउन सकेको छैन । खराब कर्जा अत्यधिक बढ्दा संस्था समस्यामा देखिएको छ । निर्धनले आज (बुधबार) मात्रै पनि ऋण नतिर्नेको सूची भन्दै राष्ट्रि दैखिक पत्रिकाको पुरै पेज नै भरिदिएको छ । बुधबारको अभियान दैनिक हेर्ने हो भने पनि यसको पुष्टि हुन्छ ।

कसरी भयो संकट ?

निर्धन वित्तीय क्षेत्रमा नै निकै अव्वल संस्थाको रुपमा परिचित संस्था थियो । तर, पछिल्लो समय भने यसको ओरालो यात्रा सुरु भएको छ । यसको प्रमुख कारण भनेको लघुवित्तमा भएका कर्मचारीहरु हुन् । निर्धन लघुवित्तका कर्मचारीहरुले कतिसम्म गर्छन भन्ने उदाहरण हामीले केही समय अघि भिडियोमै देखाएका थियौ ।

निर्धन लघुवित्तको दोधारा चाँदनी शाखाका प्रमुख गौतम थापाले एक महिलाई समयमा ऋण नतिरेको भन्दै निकै धम्काएका थिए । रेस्टुरेन्ट व्यवसायमा रहेकी महिलाले निर्धन लघुवित्तको दोधाराचाँदनी शाखा प्रमुख थापाकै अगाडि ‘उहाँ सरले मलाई ऋण तिर्न सक्दैनस् भनेर मर भननु भयो’ भनेर भनेकी थिइन ।

लघुवित्तका कर्मचारीहरुको यस्तो प्रवृतिका कारण पनि समस्या आएको छ । विपन्न वर्गको सारथी भनेर चिनिने लघुवित्तहरुमा थापा प्रवृतिका कर्मचारीहरु हावी हुँदा समस्या आएको राष्ट्र बैंककै अधिकारीहरु समेत स्वकिार गर्छन ।