Dhulikhel Eco Banner new

नेप्से ६.४६ अंकले घट्यो, कारोबार कति ?

4.2K
shares

काठमाडौं, ९ फागुन । नेपाल स्टक एक्चेन्ज (नेप्से) आज बुधबार ६.४६ अंकले घटेर २०२६.९५ अंकमा कायम भएको छ ।

शेयर कारोबार भएको कम्पनीमध्ये १५९ वटा कम्पनीको शेयर घटेको छ भने ८० वटा कम्पनीको मूल्य बढेको छ । ९ कम्पनीको शेयर भने स्थिर रहेको छ ।

आज ६३ लाख ४१ हजार १७४ कित्ता शेयर २ अर्ब २४ करोड १९ लाख ६१ हजारमा कारोबार भएको छ ।

उपसूचक मध्ये निर्माण र प्रशोधनको शेयर बढेको छ भने अन्य उपसूचकहरु घटेको छ । निर्माण र प्रशोधन तर्फ २.४८ प्रतिशतले बढेर ५८९०९.५९ अंक कायम भएको छ ।