राष्ट्र बैंकको निर्देशन उल्लघन गर्ने समाज लघुवित्तकै शेयरमा पोजेटिभ सक्रिट
वि.सं.२०८० फागुन ९ बुधवार १६:५०
shares

काठमाडौं, ९ फागुन । बुधबार शेयर बजार नेप्से ६.४६ अंकले घट्दा ३ कम्पनीको शेयर १० प्रतिशतले बढेर सक्रिट लग्यो । शेयर पोजेटिभ सक्रिट लागेको कम्पनीमा बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनीसँगै समाज लघुवित्त बित्तीय संस्था पनि पर्यो ।
चालु आर्थिक वर्ष २०८०–८१ को पुस मसान्तसम्ममा राष्ट्र बैंकले दिएको निर्देशन पालना गरेको भएपनि समाज लघुवित्तको शेयरमा पोजेटिभ सक्रिट लाग्यो ।
मंलबार प्रतिकित्ता १ हजार ७७८ रुपैयाँ ५० पैसामा कारोबार भएको समाजको शेयर बुधबार १७९ रुपैयाँ ८० पैसाले बढेर १ हजार ९७८ रुपैयाँ ५० पैसा कायम भयो ।
राष्ट्र बैंकले कुल बचत दायित्वको ०.५ प्रतिशत अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तर, चालु आवको पुस मसान्तसमा समाज लघुवित्तले उक्त व्यवस्था पालना गरेका छैन । समाजले उक्त व्यवस्था उल्लघन गर्दा पनि शेयर कारोबार भने पोजेटिभ सक्रिट लागेको छ ।
बोटलर्स नेपाल कम्पनीको १० अंकले बढेर सक्रिट लागेको छ । मंगलबार नेप्से बन्दा हुँदा प्रतिकित्ता ११ हजार २६७ रुपैयाँ ७० पैसामा करोबार भएको बोटलर्सको शेयर आज १ हजार १२६ रुपैयाँ ७० पैसाले बढेर बढेर १२ हजार ३९३ रुपैयाँ ८० पैसामा पुगेको छ ।
हिमालय उर्जा विकास कम्पनीको पनि आज भएको कारोबारमा सक्रिट लागेको छ । मंगलबार प्रतिकित्ता ३०५ रुपैयाँमा कारोबार भएको शेयर आज ३० रुपैयाँ ५० पैसाले बढेर ३३५ रुपैयाँ ५० पैसा पुगेको छ ।
बुधबाचर शेयर कारोबार भएको कम्पनीमध्ये १५९ वटा कम्पनीको शेयर घटेको छ भने ८० वटा कम्पनीको मूल्य बढेको छ । ९ कम्पनीको शेयर भने स्थिर रहेको छ ।
आज ६३ लाख ४१ हजार १७४ कित्ता शेयर २ अर्ब २४ करोड १९ लाख ६१ हजारमा कारोबार भएको छ ।
उपसूचक मध्ये निर्माण र प्रशोधनको शेयर बढेको छ भने अन्य उपसूचकहरु घटेको छ । निर्माण र प्रशोधन तर्फ २.४८ प्रतिशतले बढेर ५८९०९.५९ अंक कायम भएको छ ।



















