Dhulikhel Eco Banner new

चैतदेखि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर १ प्रतिशत मात्रै कायम गर्नुपर्ने

3.5K
shares

काठमाडौं, १० फागुन । बैंकहरुले चैतदेखि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर १ प्रतिशत मात्रै कायम गर्नुपर्ने भएकाे छ । हाल व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर २ प्रतिशत विन्दु छ ।

निर्देशन नं. १५ को बुँदा नं. १ को उपबुँदा (३) मा संशोधन गर्दै २ प्रतिशत कायम राख्नुपर्ने व्यवस्थालाई १ प्रतिशत मात्र राख्न निर्देशन दिएको हो ।

‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ ।’ राष्ट्र बैंकले भनेको छ ।

निर्देशन नं. १५ को बुँदा नं. १ को उपबुँदा (८) मा भएको व्यवस्था हटाईएको समेत राष्ट्र बैंकले बताएको छ । बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था थियो । उक्त व्यवस्था हटाईएको राष्ट्र बैंकले जनाएको छ ।