Dhulikhel Eco Banner new

हप्ताको अन्तिम दिन २८.६८ अंकले घट्यो नेप्से, उपसूचक सबै राताम्य

4.65K
shares

काठमाडौं, १७ फागुन । आज बिहिबार हप्ताको अन्तिम शेयर बजार घटेको छ । बिहिबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) २८.६८ अंकले घटेर नेप्से परिसुचक १९७२.०९ अंकमा पुगेको छ ।

बिहिबार २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच भएको छ ।

आज २२० कम्पनीको शेयर घट्दा १७ कम्पनीको शेयर बढेको छ भने ११ कम्पनीको शेयर भने स्थिर रहेको छ । आज उपसूचकमध्ये सबै राताम्य भएको छ ।

आज भएको करोबारमध्ये सबैभन्दा बढी बोटर्स नेपाल (बालाजु)को शेयर १० प्रतिशतले बढेर सकारात्मक सक्रिट हानेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्टको भने १० प्रतिशतले घटेर नकारात्मक सक्रिट हानेको छ ।