४ वर्षका लागि प्रभु महालक्ष्मी लाइफको सिइओमा सन्तोष प्रसाई नियुक्त
वि.सं.२०८० फागुन १८ शुक्रवार १६:१३
shares

काठमाडौं, १८ फागुन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोष प्रसाई ज्यू नियुक्त भएका छन् । इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई सिइओ नियुक्त गरेको हो ।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति)बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् ।
प्रसाईसँग नेपाल लाइफ र प्रभु लाइफको सिइओको रुपमा नेतृत्व गरेको अनुभव छ । साविकको प्रभु लाइफमा सिइओका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफ र साविकको महालक्ष्मी लाईफ बीच मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए ।
प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती दिएको हो । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।



















