नेपाल पुनर्बिमा र नागरिक लगानी कोषको संस्थापका शेयर विक्रीमा
वि.सं.२०८० फागुन १९ शनिवार १४:२१
shares

काठमाडौं, १९ फागुन । नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुलाएको छ।
कम्पनीले नेपाल पुनर्बिमाको २० लाख ७३ हजार ४४६ कित्ता र नागरिक लगानी कोषको २ लाख ३९ हजार ३७ कित्ता सेयर बिक्री खुलाएको हो।
सेयरको नेपाल पुनर्बिमा कम्पनीको हकमा प्रतिकित्ता २८० र नागरिक लगानी कोषका लागि प्रतिकित्ता ७८० रुपैयाँ मूल्य तोकिएको छ। सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी तथा योग्य सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटल कार्यालय बालुवाटारमा चैत २२ भित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा नागरिक लगानीकोषको लागि न्यूनतम १५ हजार कित्ता र नेपाल पुनर्बिमाका लागि न्यूनतम २० लाख ७३ हजार ४४६ कित्ता माग गर्नुपर्ने कम्पनीले जनाएको छ।
नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वमीत्वमा छन् ।



















