उद्धार केन्द्रसहितको पार्क बनाउने
वि.सं.२०७९ जेठ १५ आइतवार १८:५७
3.89K
shares
shares

काठमाडौं ,१५ जेठ । काठमाडौं । सरकारले काठमाडौं उपत्यका र ठुला शहरहरुमा उद्धार केन्द्रसहितको पार्क बनाउने भएको छ ।
बजेट बक्तव्य मार्फत सरकारले प्राकृतिक विपद्को समयमा उद्धार तथा राहत कार्यक्रममा समेत उपयोग हुनेगरी काठमाडौं उपत्यकाका चार स्थानहरु लैनचौर, बानेश्वर, मिनभवन र पुल्चोकमा उद्धार केन्द्रसहित पार्क निर्माण गरिने व्यवस्था मिलाउने घोषणा गरेको हो ।
संघीय संसदमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको आयव्यय प्रस्तुुत गर्दै यस्तो बताएका हुुन् ।


















