Dhulikhel Eco Banner new

२८ करोड घट्यो खेलकुद बजेट

3.82K
shares

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७९÷८० का युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड वजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षका बजेटमा युवा तथा खेलकुद मन्त्रालय शीर्षकमा अघिल्लो आर्थिक वर्षको तुलना २८ करोड कम विनियोजन गरिएको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि २ अर्ब ७४ करोड रुपैयाँको वजेट विनियोजन गरेको थियो । बहुप्रतिक्षीत मूलपानी मैदान निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्नेसहित सरकारले पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।