सुनको मूल्यले गर्यो रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० फागुन २७ आइतवार ११:५६
shares

काठमाडौं, २७ फागुन । आज आईतबार पुनः सुनको मूल्य बढेको छ । आज सुनको मूल्य बढेसँगै नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य भने सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोल १ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी, आईतबार दिन १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

















