Dhulikhel Eco Banner new

अपर तामाकोसी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

4.04K
shares

काठमाडौं, २८ फागुन । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उक्त सूचीकृत हकप्रद शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्ने नेप्सेले जनाएको छ । कम्पनीले१०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो ।