‘ग्लोबल आइएमई बैंकमा केही भएकै छैन, अफवाहको पछि नलागौँ’
वि.सं.२०८० चैत २ शुक्रवार १५:०५
shares

काठमाडौं, २ चैत । आज शुक्रबार एका एक ग्लोबल आइएमईमा बैंक लुटिएको हल्ला चल्यो । रौतहटको बैंकको शाखा कार्यलयमा लुटिएको हल्लाले एकै छिनमा बजार तात्यो ।
तर बैंकमा भने लुटिएको थिएन । अपुरो खबरको पछि लाग्दा त्यस्तो हल्ला फैलीएको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकका सिनियर डिसिइओ सुरेन्द्र रेग्मीका अनुसार बैंकमा लुटपात भएको खबर हल्ला मात्र भएको केटिएम भ्वाइसलाई बताए ।
‘म आफै पनि अच्चममा परे ! बैंक लुटिएको हल्ला कसरी फैलीयो’, रेग्मीले केटिएम भ्वाइससँग भने, ‘हाम्रो कुनै बैंक पनि लुटिएको छैन, अफवाहको पछि नलागौँ ।’
रेग्मीका अनुसार बैंक नभई आइएमई मनि ट्रान्सफरमा गोली चलेको कुरा आएको तर आधिकारीक पुष्टी हुन नसकेको बताए । ‘आइएमई मनि ट्रान्सफरमा गोली चलेको भन्ने कुरा आएको छ’, रेग्मीले भने, ‘आधिकारीक जानकारी आएको छैन ।’


















