Dhulikhel Eco Banner new

साताको अन्तिम नेप्से १५.३७ अंकले घट्यो, करोबार ४ अर्ब बढी

5.28K
shares

काठमाडौं, ८ चैत । आज साताको अन्तिम शेयर बजार दोहोरो अंकले घटेको छ । विहिबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) १५.३७ अंकले घटेको छ । आज नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा कायम भएको छ ।
आज ४ अर्ब ३१ करोड ३० लाख १७ हाजर रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर ५२ हजार ३१७ पटक किनबेच भएको छ ।
आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा ४८ कम्पनीको शेयर बढेको छ भने १८८ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज सेन्सेटिभ इन्डेक्स २.६१ अंकले घटेर ३६५.४२ विन्दुमा पुगेको छ ।
आज भएको कारोबार मध्ये समहु अन्तरगत एक वटा समुहको शेयर मूल्य बढेको छ भने १२ वटाको शेयर मूल्य घटेको छ ।