GBIME

साताको नेप्से : अर्थमन्त्रीले शेयर बजार सुधार गर्छु भनेपनि देखिएन उत्साह, कुन दिन कस्तो बजार ?

1.24K
shares

काठमाडौं, ८ चैत । यो साता नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा उत्साह देखिएन । आइतबार १० अंकले घटेर सुरु भएको नेप्से बिहिबार १५ अंकले घटेर अन्त्य भएको छ ।

अन्य विचका दिनमा भने सामान्य अंकले बढ्ने र सामान्य अंकले घट्ने देखिएको छ । कारोबारका आधारमा समग्रमा ३ अर्ब कायम गरेको देखिएको छ । अर्थ मन्त्री वर्षमान पुनले शेयर बजारको समस्या समाधान गर्ने भनेर निरन्तर भनेपनि शेयर बजारमा भने त्यस्तो उत्साह देखिएको छैन ।

साताको २ दिन नेप्से बढ्दा पनि झिनो अंकले मत्र नेप्से बढेको छ भने घट्दा भने दोहोरो अंकले घटेको छ ।

आइतबार
आइतबार साताको पहिलो नेप्से १०.६२ अंकले घटेको थियो । आईतबार ०.५१ प्रतिशतले नेप्से घटेर २०७०.२५ विन्दुमा कायम भएको थियो ।

आईतबार कारोबार भने ३ अर्ब माथि पुगेको थियो । आईतबार ८४ लाख ६ हजार ७४ कित्ता शेयर ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार रुपैयाँमा किनबेच भएको थियो । ३०४ कम्पनीको ६३ हजार ९ पटक शेयर किनबेच हुँदा १५० कम्पनीको शेयर घटेको थियोभने ८४ कम्पनीको शेयर बढेको थियो । १० कम्पनीको शेयर भने स्थिर रहेको थियो ।

समुहगत तर्फ ३ समुहको शेयर बढेको थियोभने अन्यको घटेको थियो ।

सोमबार
सोमबार नेप्से ३.२७ अंकले बढेको थियो । सोमबार ०.१५ प्रतिशतले नेप्से बढेर २०७३.५३ विन्दुमा पुगेको थियो ।

सोमबार कारोबर भने २ अर्ब मात्र भएको थियो । सोमबार ३०३ कम्पनीको शेयर ५३ हजार २५६ पटक किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार रुपैयाँ बराबरको ७ करोड ४५ लाख ९ हजार ४२४ कित्ता शेयर किनबेच भएको थियो ।

सोमबार ३०३ कम्पनीको शेयर किनबेच हुँदा १४८ कम्पनीको शेयर बढेको थियो भने ८५ कम्पनीको शेयर घटेको थियो । १० कम्पनीको शेयर भने स्थिर रहेको थियो ।

सोमबार १३ समुहमध्ये ४ समुहको शेयर घटेको थियोभने अन्यको बढेको थियो ।

मंगलबार
मंलबार नेप्से ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा कायम भएको थियो । मंगलबार कारोबार भने ३ अर्ब माथि गएको थियो ।
मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरका ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर ६३ हजार ८०१ पटक किनबेच भएको थियो ।

मंगलबार ३०७ कम्पनीको शेयर किनबेच हुँदा १२८ कम्पनीको शेयर मूल्य घटेको थियो भने १०४ कम्पनीको शेयर मूल्य बढेको थियो । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

मंगलबार १३ वटा समुहमध्ये १० वाटा समुहको शेयर घटेको थियो भने ३ समुहको शेयर मूल्य बढेको थियो ।

बुधबार
बुधबार नेप्से ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा कायम भएको थियो । बुधबार कारोबार भने ३ अर्ब माथि गएको थियो । बुधबार ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँ बराबरको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर ६० हजार १६ पटक किनबेच भएको थियो ।

बुधबार ३०५ कम्पनीको शेयर किनबेच हुँदा १४७ कम्पनीको शेयर मूल्य घटेको थियोभने ९४ कम्पनीको शेयर मूल्य बढेको थियो । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

बुधबार १३ वटा समुहमध्ये १० वाटा समुहको शेयर घटेको थियो भने ३ समुहको शेयर मूल्य बढेको थियो ।

बिहिबार
बिहिबार नेप्से १५.३७ अंकले घटेको छ । आज नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा कायम भएको छ ।

बिहिबार ४ अर्ब ३१ करोड ३० लाख १७ हाजर रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर ५२ हजार ३१७ पटक किनबेच भएको छ ।

बिहिबार ३१५ कम्पनीको शेयर किनबेच हुँदा ४८ कम्पनीको शेयर बढेको छ भने १८८ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बिहिबार भएको कारोबार मध्ये समहु अन्तरगत एक वटा समुहको शेयर मूल्य बढेको छ भने १२ वटाको शेयर मूल्य घटेको छ ।