कोशीका उत्कृष्ट महिला उद्यमीलाई प्रदेश सरकारले सम्मान गर्ने
वि.सं.२०८० चैत ९ शुक्रवार १०:५६
5.45K
shares
shares

विराटनगर, ९ चैत । कोशी प्रदेश सरकारले यश प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १४ वटै जिल्लाका १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताएका छन् ।
















