अइतबार सुनचाँदीको भाउँ के भयो ?
वि.सं.२०८० चैत १८ आइतवार ११:३८
4.64K
shares
shares

काठमाडौं, १८ चैत । आज आइतबार सुनको भाउ स्थिर रहेको छ । गत शुक्रबार ११ सयले बढेर नयाँ रेकर्ड राखेको सुनको भाउले आज भने सोहि विन्दुमा रोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ भईरहेको छ । शुक्रबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा खरिदविक्री भईरहेको छ । शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

















