Dhulikhel Eco Banner new

‘आरजु चामलकाे नाम कांग्रेस नेतृसँग मिल्नु संयाेगमात्रै’

12.38K
shares

काठमाडौं, २३ चैत । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेकाे आरजु चामल र कांग्रेस नेतृ आरजु राणाकाे नाम मिल्नु  संयाेगमात्रै भएको कम्पनीले बताएको छ । शुुक्रबार कम्पनीले आयाेजना गरेको एक कार्यक्रमम कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरुजु देउवा राणासँग चामलकाे नाम मिल्नु संयाेगमात्रै भएको कम्पनीले बताएको हाे ।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले कांग्रेस नेतृसँग चामल ब्रान्ड नाम मिल्नु केवल संयाेग मात्रै भएको बताए । यद्यपि आरजु नाम भने व्यक्तिको नामबाटै राखिएको उनको भनाइ छ । बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतकी जेठी छाेरीकाे नाम पनि आरजु नै हाे । बस्नेतले आफ्नी छाेरीकाे नाममा राखेको चामलकाे ब्रान्ड संयाेगले अरु काेही व्यक्तिसँग मिलेको कर्णले बताएका छन् ।

नेपालकाे आन्तरिक उडानमा नम्बर वान रहेकाे बुद्ध एयरले आरजु ब्राण्डबाट चामल ब्राण्डिङ गरेर व्यवसायिक बिक्रीवितरण शुरु गरेको छ ।