Dhulikhel Eco Banner new

माइडियाको नयाँ बर्षमा ४६ हजार पाँच सयसम्मको क्यासब्याक र आकर्षक उपहार पक्का

6.01K
shares

काठमाडौं २३ चैत । वर्ल्ड नम्बरवान मेजर अप्लाईन्स प्रोडुसर माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा “माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खुसियाली” नामक उपहार योजना ल्याएको छ ।यस उपहार योजनाअन्तर्गत अधिकतम ४६५०० सम्म क्यासब्याक आकर्षक क्यासब्याक रहेको छ। लक्कीड्रमा हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड बाइ साइड रेफ्रिजरेटर जित्न सकिने छ।

पक्का उपहारअन्तर्गत माइडियाको ६, ७ , ८ ,९ १० केजीका वासिङ मेसिन तथा वासरड्रायर को खरिदमा ६ केजी एरिअल प्याक उपहार पाउने छन्। त्यस्तै साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप १६०० वाट० साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार अफरमा रहेको कम्पनीले जनाएको छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ।

साथै शुन्य प्रतिशत ईएमआई सिजी लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयां माइडिया ब्रान्डका सामान साट्न सक्ने सुबिधा पनि रहेको छ । साथै आजदेखी नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागू गरिएको छ ।