GBIME

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

546
shares

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौँ ४ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव २६ अङ्कले ओरालो लागेर ३ सय ५३ दशमलव ५१ मा सिमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

नेप्सेका अनुसार कूल ५४ लाख ७१ हजार ६८ कित्ता शेयर २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको १७ करोड ५९ लाख ७८ हजार एक सय ६३ बराबरको कारोबार भएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स ७ करोड ४३ लाख ५३ हजार ५ सय ७२ पोखरा फाइनान्स ६ करोड ६८ लाख ९८ हजार २ सय १४, सर्वोत्तम सिमेन्ट ४ करोड ५९ लाख ८१ हजार ४ सय ३४ र शिवम् सिमेन्ट ४ करोड ४७ लाख ४३ हजार ७ सय ७ बराबर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

एसबिएस ऋणपत्र ९ दशमलव ९९, गोर्खाज फाइनान्स ९ दशमलव ९६ सिभिल बैंकको ऋणपत्र ८ दशमलव १९ ग्रीन डेभलपमेन्ट बैंक ५ दशमलव शून्य २ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव शून्य ४ प्रतिशतले कमाएका नेप्सेले जनाएको छ ।

त्यस्तै जलविद्युत् परियोजना १०, पोखरा फाइनान्स ६ दशमलव ७४ सिवाइसी नेपाल लघुवित्त ६ दशमलव ५० डोल्टी पावर ५ दशमलव ६० र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ दशमलव शून्य ६ प्रतिशतले गुमाएका छन् ।