धनुषाको बडहडीबाट खैरो हिरोइनसहित दुई युवक पक्राउ
वि.सं.२०८१ वैशाख ३० आइतवार १२:१९
shares

काठमाडौं, ३० वैशाख। धनुषाको बडहडीबाट लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका २ का २३ वर्षीय दिपक महतो र २८ वर्षीय सुभाष परियार छन् ।
दुवै जनालाई शनिबार अपराहन्न साढे ४ बजेको समयमा पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ९ बडहडीबाट प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
दुवै जनाको साथबाट ४।२ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुपदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिए । दुवै जनालाई ईलाका प्रहरी कार्यालय ढल्केबरमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



















