नेपाल रिको सीईओ बन्न प्राधिकरणका पूर्व हाकिमबीच रस्साकस्सी
वि.सं.२०८१ जेठ ८ मंगलवार ०८:४३
shares

काठमाडौं, ८ जेठ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणका पूर्व हाकिमहरुबीच नै प्रचिष्पर्धा देखिएको छ । सीईओ बन्नका लागि आवेदन दिएका मध्ये ५ जनाको नाम सर्टलिस्टमा परेको छ ।
सर्टलिस्टमा पर्ने पहिलो नम्बर र चौथो नम्बरमा बीमा प्राधिकरणका पूर्व हाकिमहरु रहेका छन् । तत्तकालिन बीमा समितिमा लामै काम गरेर पुनर्बीमा कम्पनीतिर प्रवेश गरेका दामोदर भण्डारी र समितिको कार्यकारी दिर्नेशकबाट अवकास पाएका श्रमान् कार्की चौथो नम्बरमा सिफारिसमा परेका छन् ।
भण्डारी र कार्कीसँगै नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ र सुरेन्द्र थापा सर्ट लिस्टमा परेका छन् । नेपाल पुनर्बीमा कम्पनी सरकारी लगानीको कम्पनी हो । यसकारण यहाँ सीईओ कसलाई बनाउने भन्ने विषयमा सरकारको भूमिका रहने नै भयो ।
अहिलेसम्मको माहोल हेर्दा भण्डारी नै कम्पनीको नयाँ सीईओ हुने पक्कापक्की जस्तै छ । यद्यपि, अहिले नै घोषणा गरिहाल्न भने मिल्दैन । पावरसेन्टरमा अब कसले पहुँच पुर्याउन सक्ने भन्ने कुराले नेपालमा निकै महत्वपूर्ण काम गर्छ । भण्डारी अहिले कामू सीईओको रुपमा संस्थामा कार्यरत छन् ।



















