गिरफ्तारी पछि सिरोहियाको प्रश्न– २ वटा पासपोर्ट हुने गृहमन्त्री कहिले पक्राउ पर्छन् ?
वि.सं.२०८१ जेठ ८ मंगलवार १८:३९
shares

काठमाडौं, ८ जेठ । प्रहरी गिरफ्तारीमा परेका कैलास सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले आफूलाई प्रतिसोध राखेर पक्राउ गरेको बताएका छन् । उनले गृहमन्त्री लामिछानेको २ वटा पासपोर्टका विषयमा छानवीन गर्न समेत माग गरेका छन् ।
सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने बताएका छन् । व्यक्तिगत रूपमा आफूले हरेक मूल्य चुकाए पनि कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ ।
कान्तिपुरको समाचार रोक्न र ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूमाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै सहकारी ठगीलगायतका बेथितिविरुद्धका समाचार प्रकाशनमा एक इन्च पनि पछि नहट्ने दृृढता व्यक्त गरेका छन् ।















