शेयर बजार लगातार चौथो दिन दोहोरो अङ्कले बढ्यो
वि.सं.२०८१ जेठ ९ बुधवार १६:१६
shares

काठमाडौं, ९ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसुचकमा बुधबार चौथो दिन पनि बढेको छ । बुधबार कारोबारको लगातार चौथो दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा बढेको देखिएको छ ।
शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५४ अङ्कले बढेर दुई हजार एक सय ३१ दशमलव ४९ विन्दुमा पुगेको छ । बुधबार बैंकिङ, विकास बैंक, होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
बुधबार सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज बजार बढेको दिन मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।
बजार बढेको दिन तीन सय १८ वटा कम्पनीका एक करोड ४४ लाख कित्ता शेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ । आज नेरुडे मिर्मिरे लघुवित्त कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।















