Dhulikhel Eco Banner new

लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा बैंकहरु र सुपर बागमती हाइड्रोपावर लि. बिच जलविध्युत आयोजनामा लगानी गर्ने सम्झौता

5.43K
shares

काठमाडौं, १० जेठ । लक्ष्मी सन्राईज बैंक लि. को अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लि. बिच सो कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मे.वा. क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

सो आयोजनाको कूल लागत ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विध्युत विकास विभागबाट आयोजना निर्माणको लागि विध्युत उत्पादनको अनुमति पत्र लिई आषाढ २५, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विध्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।

सो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि. र ए.एन.के कन्स्ट्रकशन रहेका छन्।
सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रर्वदकर संस्थापकहरुको लगानी रहने छ ।

सो परियोजनामा लक्ष्मी सन्राईज बैंकको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ ।

सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादकको मध्येको ठुलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।