तोलामा एक हजार आठ सयले घट्यो सुनको मूल्य
वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:१०
shares

काठमाडौं, ११ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा १ हजार आठ सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज १ लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा १ लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा १ लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १० ले घटेको छ । बिहीबार तोलामा १ हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार आठ सय ५५ निर्धारण भएको छ ।
















