Dhulikhel Eco Banner new

नेपाल रिको सीईओमा पाल्पाका थापा नियुक्त

5.53K
shares

काठमाडौं, १३ जेठ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र थापा नियुक्त भएका छन् । हिजो बसेको सञ्चालक समितिको बैठकले सुरेन्द्र थापालाई चार बर्षका कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल पुनर्बीमा कम्पनीको सिईओ छनौट समितिले सर्टलिष्टमा परेका पाँचजना दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्कीमध्ये बाट थापालाई बोर्डले सिईओ पदको लागि नियुक्त गरेको हो ।

सर्टलिष्टमा परेकाहरूलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते बोलाइएको थियो । नेपाल पुनर्बीमा कम्पनीको सिईओमा नियुक्त भएका थापा यसअघि अजोड इन्स्योरेन्सको डिसिईओको जिम्मेवारी सम्हालिसकेका थिए ।

त्यस्तै, यसअघि राष्ट्रिय बीमा कम्पनीको सिईओमा नियुक्त हुन पहिलो नम्वरमा परेर पनि जनार्दन शर्माले अन्यायपूर्वक नियुक्त हुन नदिएका व्यक्ति हुन् । थापा बीमा क्षेत्रमा लामो अनुभव भएका अब्बल प्रशासक हुन् । उनको कार्यकालमा पुनर्बीमा कम्पनीले थप प्रगति गर्ने विश्वास गरिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले आजै सिईओ नियुक्ती सम्बन्धी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा प्रक्रिया सुरु गरिसकेको छ । प्राधिकरणले पनि सिईओ नियुक्ती सम्बन्धी प्रक्रियाबारेको घटनाक्रमको पुष्टि गरेको छ ।