Dhulikhel Eco Banner new

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

3.89K
shares

काठमाडौं, १३ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । यो सातामा कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता शेयर ७० हजार पाँच सय ८६ पटक खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कूल बजार पुँजीकरण ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार पुगेको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह तीन दशमलव ३७ र म्युचुअल फन्ड शून्य दशमलव २१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव १९ र जलविद्युत् समूह एक दशमलव ६२ प्रतिशतले घटेको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १५ करोड ६६ लाख १३ हजार आठ सय ३३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने रिडी पावर कम्पनी लिमिटेडको चार लाख २६ हजार आठ सय ९६ कित्ता शेयर किनबेच भएको छ ।