Dhulikhel Eco Banner new

मंगलबार पनि बढ्यो सुनचाँदीको मूल्य

3.65K
shares

काठमाडौं, १५ जेठ । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला आज १ लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

भने आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेको हो। त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला १८ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १९ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।