Dhulikhel Eco Banner new

उपप्रमुख बुढाथोकीको तलब भत्ता विद्यार्थीको पोशाक र खानामा

3.07K
shares

काठमाडौं, १५ जेठ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाएको तलब भत्ता सामुदायिक विद्यालयमा अध्ययनरत गरिब विद्यार्थीको पोसाकदेखि खानासम्ममा खर्चिएको बताएको छ ।

आज पत्रकार सम्मेलन गर्दै उनले दुई वर्षे कार्यकालमा आफूले तलब भत्तावापत प्राप्त करिब १० लाख विद्यार्थीको स्टेशनरी, पोसाकमा खर्च गरेको बताएको हो । उनले भने, “सरकारी नियमअनुसार कर कट्टा गरेर मैले पाउने मासिक ३० हजार, प्रत्येक बैठकमा पाउने एक हजार चार सय भत्तालगायतका सबै रकम सामाजिक कार्यमा खर्च गरेको छु, कुनैपनि सेवा सुविधा आफ्ना लागि खर्च गर्दिन, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गरेको छु ।”

भर्ना हुन नसकेका विद्यार्थीको भर्ना र शुल्क तिरिदिएको तथा चामलको समेत व्यवस्था गरिदिएको, बिरामीको उपचारमा आर्थिक सहयोग गरेको बताउनुभयो । “नगरपालिकाले उपलब्ध गराएको गाडीसमेत नगरभित्रका अपाङ्गता भएका, असाहय, सुत्केरी, ज्येष्ठ नागरिकलगायतका बिरामी बोक्ने प्रयोग गर्न दिएको र अहिलेसम्म नगर अस्पतालले सोही प्रयोजनका लागि प्रयोग छ”, उनले भने ।