Dhulikhel Eco Banner new

फुटपाथ विस्तार गर्न भत्काएको न्यूरोड सडक विभागले टाल्न थालेपछि मेयर बालेन शाहको आक्रोश

5.6K
shares

काठमाडौं, २१ जेठ । फुटपाथ विस्तार गर्न भत्काएको न्यूरोड सडक विभागले टाल्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोखेका छन्।

बालेन शाहले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको बताएका छन्।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नामै तोकेर गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषयलाई समेटेर आक्रोश पोखेका छन्।