Dhulikhel Eco Banner new

नेप्से परिसूचकमा बुधबार ५अंकको गिरावट

4.03K
shares

काठमाडौं, २३ जेठ । मंगलबार सामान्य अङ्कले बढेको शेयर बजार बुधबार घटेको छ ।  शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५८ अङ्कले घटेर २ हजार ७९ दशमलव ७१ विन्दुमा  पुगेको छ ।

  आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर साढे ५ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ।

आज ३ सय ६ वटा कम्पनीका ८० लाख ४२ हजार कित्ता शेयर ३ अर्ब ९९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको १९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।