अख्तियारकी आयुक्तको घरमा ललितपुर महानगरको डोजर
वि.सं.२०८१ असार १९ बुधवार १७:१६
4.77K
shares
shares

काठमाडौं, १९ असार । ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको छ।
ललितपुर– १० स्थित चाकुपाटमा दिवस अमात्य र डा। सुमित्रा अमात्यले सम्पदा अतिक्रमण गरी बनाएको संरचनामा डोजर चलाएको महानगरले जनाएको छ। डा. सुमित्रा अमात्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त हुन्।
अमात्यले गुठीको जग्गा हडपेर घरको कम्पाउन्ड निर्माण गरेको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए। मन्दिरको जग्गा खोसेर घरको बाहिरी पर्खाल बनाएको प्रमाण भेटिएपछि महानगरले डोजर चलाएको उनको भनाइ छ।

















