लायन्स क्लब अफ काठमाडौं कर्मसीलको नयाँ कार्यसमिति चयन
वि.सं.२०८१ असार २९ शनिवार १४:०६
shares

काठमाडौं, २९ असार । लायन्स क्लब अफ काठमाडौं कर्मसीलको नयाँ कार्यसमिति चयन भएको छ । सन् २०२३–२४ को कार्यकाल पूरा भएपछि शुक्रबार काठमाडौं कमलपोखरीस्थित रेडचेरी क्याफेमा आयोजना गरिएको वार्षिक साधारणसभाले रोयल आचार्यको नेतृत्वमा सन् २०२४–२५ नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रेसिडेन्टमा आचार्य, फस्र्ट भाइस प्रेसिडेन्टमा विष्णुप्रसाद भुर्तेल, सेकेण्ड भाइस प्रेसिडेन्टमा नेमा गेन्जेन लामा, सेक्रेटरीमा माया लामा र ट्रेजररमा पुण्य काफ्ले चयन भएका छन् । कर्मसीलका चार्टर प्रेसिडेन्ट समेत रहेका रिजन चेयर धनबहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न एजिएमलले क्लबका निवर्तमान अध्यक्ष जनक लामालाई एलसिआईएफ कोर्डिनेटर, रामचन्द्र चौलागाईंलाई सर्भिस चेयरपर्सन, प्रेमकुमार लामालाई मेम्बरसीप चेयर र अञ्जली लामालाई मार्केटिङ एण्ड कम्युनिकेसनको जिम्बेवारी दिइएको छ ।
क्लबको बिओडीमा पदमबहादुर तामाङ, विकास लामा, प्रेमकुमार चौलागाईं, तिलकराम पराजुली, जीवन श्रेष्ठ र राम थापा चयन भएका छन् भने चिफ एड्भाइजरमा रिजन चेयर धनबहादुर लामा चयन भएका छन् ।

















