रमेश बडाल महान्यायाधिवक्ता नियुक्त
वि.सं.२०८१ साउन २ बुधवार १७:०५
2.77K
shares
shares

काठमाडौं, २ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं महानगरपालिका–७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाललाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



















