Dhulikhel Eco Banner new

‘मौद्रिक नीति पोजिटिभ आयो, समस्यामा रहेका उद्योग व्यवसायले राहत महसुस गर्छन’

2.82K
shares

काठमाडौं, ११ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले चालु आर्थिक वर्ष २०८१/८२ का लागि आएको मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको मौद्रिक नीतिमा प्रतिक्रिया दिदै अध्यक्ष ढकालले सकारात्मक रहेको बताएका हुन् ।

मौद्रिक नीतिले निमार्ण व्यवसाय र समस्यामा रहेका उद्योगहरुलाई राहत दिन खोजेको उनको भनाइ छ । केही अप्ठ्यारा प्रावधानको कुरालाई सहज गर्न खोजेको र संस्थागत शेयर लगानीकर्तालाई सहयोग गरेको उनको प्रतिक्रिया छ ।