भण्डारी सेवा समाज बाराको अध्यक्षमा टेकबहादुर, हेर्नुस् कार्यसमितिमा को–को परे ?
वि.सं.२०८१ साउन १३ आइतवार ११:२४
shares

काठमाडौं, १२ साउन । भण्डारी सेवा समाज नेपाल (रघुबंशी कौशिक गोत्रीय) को बारा जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । समाजका जेष्ठ सदस्य जगतबहादुर भण्डारीको अध्यक्षतामा शनिबार निजगढमा सम्पन्न जिल्ला सम्मेलनले टेकबहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सम्मेलनले पदमबहादुर भण्डारीको संयोजकत्वमा ६ सदस्यीय जिल्ला स्तरीय सल्लाहकार समिति चयन समेत गरेको छ । सम्मेलनमा केन्द्रीय सदस्य शम्भु भण्डारी, मधेश प्रदेश अध्यक्ष बिक्रम भण्डारी, मधेश प्रदेश उपाध्यक्ष बावुकाजी भण्डारी, मधेश प्रदेश उपाध्यक्ष माधव भण्डारी, मधेश प्रदेश सदस्य मानबहादुर भण्डारी, कृष्णबहादुर भण्डारी ‘बद्रि’ लगायतको उपस्थिति रहेको थियो ।
भण्डारी समाजका केन्द्रीय उपाध्यक्ष एवं मधेश र बागमती प्रदेशका इञ्चार्ज कुमार भण्डारीले समाजको गतिविधिलार्य थप सशक्त रुपमा अघि बढाइने र बाँकी रहेका जिल्लाहरुमा यथाशिघ्र जिल्ला सम्मेलन गर्ने जानकारी दिएका छन् । उनका अनुसार आगामी १९ साउनमा रामेछाप जिल्ला सम्मेलन हुने भएको छ ।



















