Dhulikhel Eco Banner new

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

2.61K
shares

काठमाडौं, १३ साउन ।  स्थानीय बजारमा साताको पहिलो दिन प्रतितोला १ हजार रुपैयाँले सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय कारोबार भएकोमा आइतबार बढेर १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्यमा १० रुपैयाँको गिरावट आएको छ । शुक्रबार १७ सय ५० रुपैयाँमा कारोबार भएकोमा चाँदीको मूल्य आइतबार घटेर १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।