जनउत्थान लघुवित्तको सीईओमा बराली नियुक्त
वि.सं.२०७९ जेठ २३ सोमवार १२:४३
5.71K
shares
shares

काठमाडौं, २३ जेठ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्द्र बरालीलाई दिएको छ ।
हाललाई कम्पनीमा बरिष्ठ अधिकृत पदमा कार्यरत बरालीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकत श्रीराम पोख्रेल र स्वतन्त्र सञ्चालक तिल कुमारी गुरुङ्गले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।


















