Dhulikhel Eco Banner new

एभरेष्ट बैंकले २ अर्ब बराबरको ऋणपत्र जारी गर्दै

5.66K
shares

काठमाडौं, २३ जेठ । एभरेष्ट बैंक लिमिटेडले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउने भएको छ । ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९ ’ निष्कासन गर्ने भएको हो ।

बैंकले अंकित मूल्य प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख कित्ता ऋणपत्र बिक्री गर्ने जनाएको छ। जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी रहेको ६० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरिने छ ।

बैंकले १० वर्ष अवधिका लागि निष्कासन गर्न लागेको उक्त ऋणपत्रको वार्षिक ब्याजदर ५.५० प्रतिशत छ। उक्त ब्याजदर त्रैमासिक रूपमा भुक्तानी हुने बैंकले जनाएको छ ।

उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बैंकले लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ। क्यापिटल र बैंकबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् ।