Dhulikhel Eco Banner new

हिमालयन डिष्टिलरी कम्पनीको नाफा घट्यो

3.45K
shares

काठमाडौं, ३० साउन । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.५५ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्ष कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। सञ्चालन आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

कम्पनीको सञ्चालन आम्दानी २६.५२ प्रतिशत घटेको छ भने कुल नाफा ३०.३९ प्रतिशत घटेको छ। कम्पनीको कुल सञ्चालन आम्दानी २७.१८ प्रतिशत र सञ्चालन मुनाफा ४४.११ प्रतिशत घटेको हो।नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ।

कम्पनीको आम्दानी १३ रुपैयाँ ९८ पैसा घटेर १३ रुपैयाँ २१ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ १० पैसा रहेको छ। २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६७ करोड ८ लाख रुपैयाँ सञ्चित छ।