Dhulikhel Eco Banner new

चन्द्रागिरी हिल्स कम्पनीको खुद नाफा ९९.३९ प्रतिशतले बढ्यो

2.73K
shares

काठमाडौं, ३१ साउन। चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो। कम्पनीको आम्दानी ९।४९ प्रतिशत बढेको छ भने कुल आम्दानी ८।८० प्रतिशत बढेको छ। कम्पनीको अन्य आम्दानी २८।०२ प्रतिशतले घटेको छ। गत एक वर्षको कम्पनीको कुल खर्च २९।३७ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। कम्पनीको आम्दानी ७ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ५६ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ। १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।