Dhulikhel Eco Banner new

इमानको कार्यवाहक अध्यक्षमा सापकोटा

5.25K
shares

काठमाडौं, ३१ साउन। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)का अध्यक्ष रोयल आचार्य चाइना पब्लिक डिप्लोमेसी एसोसिएसन (सीपीडीए)ले आयोजना गर्ने ‘चाइना एसिया प्यासिफिक पे्रस सेन्टर २०२४’ कार्यक्रममा सहभागी हुन  प्रस्थान गरेका छन् ।

कार्यक्रममा नेपालसहित २० देशका प्रतिनिधिको सहभागिता रहने छ । अध्यक्ष आचार्य चीनतर्फ प्रस्थान गर्ने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डिल्लीप्रसाद सापकोटाले पाएका हुन् ।

देशको आर्थिक समृद्धिका लागि बहस, छलफल, अध्ययन–अनुसन्धान गर्दै आइरहेको र जनताका आर्थिक मुद्दाहरुलाई मूलरुपमा उठाउँदै सम्बन्धित निकायलाई घच्घच्याइरहेको इमानले अध्यक्ष आचार्यको भ्रमण र अध्ययन–अनुसन्धानले इमानलाई थप अगाडि बढ्न मद्दत पुग्ने विश्वास गरेको छ ।