Dhulikhel Eco Banner new

माओवादी नेता पौडेलले अमेरिकामा दिए छोरीको बिहे पार्टी

3.8K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले अमेरिका आफ्नी छोरीको बिवाह अमेरिकाबाट गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका सांसद पौडेलले अमेरिकामै भव्य पार्टी समेत दिएका छन् ।

अमेरिकामा छोरीको भव्य पार्टी आयोजना गरेका पौडेलले मस्त नाचेको भिडियो बिहीबार आफ्नो फेसवुकमा शेयर गरेका छन् । यद्यपि, उनकी छोरीको बिवाह पार्टी भने माओवादी नेतृत्वको सरकार ढल्नुु केही दिन अघिको हो । पूर्व मन्त्री पौडेलको छोरीको बिवाहमा सहभागी हुन नेकपा माओवादी केन्द्रका केही नेताहरु नेपालबाट अमेरिका पुगेका थिए ।

माओवादी सांसद पौडेलले नाचेको भिडियो पोष्ट गरे पछि केहीले प्रश्न उठाउने गरी प्रतिक्रिया समेत दिएका छन् ।