Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

2.55K
shares

काठमाडौं ६ भदौ । सिटिजन्स बैंकले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ ।

यसअघि बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगंज र कर्णाली प्रदेशको सुर्खेत स्थीत आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालयहरु सञ्चालनमा ल्याइसकेको छ ।

सुविधा सम्पन्न आधुनिक यस धनगढी उपमहानगरपालिका वडा नं।३ स्थित भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलवा धनगढी शाखा समेत सञ्चालनमा आएको छ । हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं। ०४ मा सञ्चालनमा रहेको यस बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी ८ सय मिटर दुरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसर पारी एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुदूरपश्चिम स्थीत धनगढी उपमहानगरपालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकको लागी एक कोशे ढुङ्गा भएको बताए र सुदूरपश्चिम प्रदेश बैंकको लागी एक महत्वपूर्ण व्यवसायीक केन्द्र रहेको र आगमी दिनमा अझ उत्कृष्ट बैंकिङ्ग सेवा सुविधाहरु लिएर आउने प्रतिवद्धता समेत व्यक्त गरे ।

समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरु कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी यस बैंकले १० वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दैै आईरहेको छ ।

सुविधा सम्पन्न यीे शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।