सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घट्यो
वि.सं.२०८१ भदौ २३ आइतवार ११:३१
2.22K
shares
shares

काठमाडौं, २३ भदौ । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर तोलामा १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । शुक्रबार १ हजार ७९५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ ।


















