बेकोले दशैँ तिहार लक्षित गदै घरायसी सामान खरिद गर्दा ४१४०० सम्मको छुट
वि.सं.२०८१ भदौ २५ मंगलवार १७:४९
shares

काठमाडौं, २५ भदौ । युरोप को टप ३ घरायसी उपकरण ब्राण्ड बेको ले दशैं तिहारमा ” Buying home happiness ” योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बेको को घरायसी सामान खरिद गर्दा ४१४००र सम्मको आकर्षक छुट को साथै हात खाली नजाने उपहारहरु ल्याएको छ।
बेको को वाशिंग मेसिन को खरिद मा ६ केजी डिटरजेंट , डिसवासर को खरिद मा फोरचुन टयावलेट, साइड बाइ साइड रेफ्रीजेरेटर र सिंगल डोर रेफ्रीजेरेटर को खरिद मा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनडिंग ओवेन को खरिद मा प्रेसर कुकर र एसिको खरिदमा निस्शुल्क जडान को सुबिधा ल्याएको छ।
बेको युरोपको न. १ ब्राण्ड रहेको छ, साथै बेको संसार भरि १४० भन्दा बढी देशमा आफ्नो उपकरणहरु बिक्रि वितरण गर्दै आएको छ । नेपालमा चौधरी ग्रुपले बिगत केहि वर्ष देखि नेपालको लागि अधिकारिक बिक्रि तथा वितरण गरिरहेको बेको को घरायसी समानहरु मा १००५ पार्ट्स उपलब्ध गराउनुको साथै सर्विस ग्यारणटी पनि निश्चित गरेको छ।



















