तोलामा २ सयले बढ्यो सुनको मूल्य
वि.सं.२०८१ भदौ २५ मंगलवार १२:५५
2.91K
shares
shares

काठमाडौं, २५ भदौ । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो।
यस्तै, अघिल्लो दिन तोलामा १ हजार ७५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार सामान्यले बढेर १ हजार ७६५ रुपैयाँ कायम भएको छ ।



















