Dhulikhel Eco Banner new

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

2.54K
shares

काठमाडौं, ५ मंसिर । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी (१ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३१५.७२ रुपैयाँ) को ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ।