सुनको मूल्यमा सामान्य गिरावट
वि.सं.२०८१ मंसिर १३ बिहीवार १०:५१
3.71K
shares
shares

काठमाडौं, १३ मंसिर । स्थानीय बजारमा बिहिबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ३ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य बिहिबार ३ सयले घटेर तोलामा १ लाख ४९ हजार ३ सय रुपैयाँमा कायम भएको हो ।
त्यस्तै, बिहिबार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहिबार घटेर १ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।

















